• Home
  • अर्थ
  • शुभलक्ष्मी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन
Image

शुभलक्ष्मी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २ भदौ

लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने बिहीबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

लक्ष्मी क्यापिटलले १९ साउनदेखि ‘शुभलक्ष्मी कोष’ को कुल पाँच करोड इकाइ निष्कासन गरेको हो । जसमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी चार करोड ७५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।

लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
 

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni ६ दिन अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *