Trending

शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’मा प्रिन्स लियो र विना राउतको रोमान्स

730Views
0 Shares

काठमाडौं । साउन ४ गते
गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ ।

प्रिन्स र विनासहित बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय भिडियोमा देख्न सकिन्छ छ । विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् भने भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माता समेत मोडल प्रिन्स लियो हुन् । प्रिन्सको शब्दमा प्रमोद खरेलको स्वरमा रहेको मलाई मारिदिनुको भिडियो बजारमा आएको थियो । प्रिन्स स्वयंकै अभिनय रहेको गीतमा नायिका शिल्पा पोखरेलको पनि अभिनय थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय