• Home
  • अर्थ
  • रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा बढी आवेदन, आज अन्तिम दिन
Image

रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा बढी आवेदन, आज अन्तिम दिन

काठमाडौ,  ३० जेष्ठ । नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो ।

जसअनुसार आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । सोमबार साँझसम्ममा १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

यस कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । 

जसमध्ये ४४.९९२२% अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । 

यस्तै, ५% ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४% ले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । 

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ४ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ४ महिना अगाडि

सेयर बजार बढाउने (अ)सफल प्रयासहरूको श्रृङ्खला र बजारको वर्तमान अवस्था

काठमाडौं । पुँजी बजारलाई सहज बनाउने नीतिगत प्रयासहरू भइरहँदा पनि नेपालको सेयर बजार (नेप्से) ले सोअनुरुप गति लिन…

ByByanjana soni ७ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *