Trending

युक्रेन र अमेरिकाबीच असाधारण हतियार पठाउने बारे छलफल

805Views
0 Shares

किभ, २२ चैत

युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टी–एयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली’ पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ ।

रुसी आक्रमणबीच अमेरिकाले  अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दुरीका रकेट र ड्रोनलगायत २.३ बिलियन डलर बराबरका हतियार युक्रेन पठाएको छ । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी सेना विरुद्धको लडाईलाई निरन्तरता दिन थप हतियारको माग गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अत्याधुनिक हतियार क्षमताको ‘हद र गहिराई’ ‘असाधारण’ र ‘अभूतपूर्व’ हुने संकेत गरेका छन् ।

रुसी राषट्रपति भ्लादमिर पुटिनको युद्ध रोक्न अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारीसमेत गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

यसैबीच, बेलायतले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने जनाएको छ ।

अमेरिका र बेलायतले बुचामा नागरिकहरूको मृत्युदण्डमा भएको कथित अपराधमा संयुक्त राष्ट्र मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्नेछन् ।

अमेरिका र बेलायतले युक्रेनी सहर बुचामा सर्वसाधारणको हत्या भएको अपराधमा राष्ट्र संघीय मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय