Trending

यस्तो विदेशी मुद्राको विनिमय दर 

790Views
0 Shares

काठमाडौं, १५ भदाै

अमेरकी डलरको भाउ बुधबार बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय   दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा कायम गरेको छ । 

मंगलबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा कायम भएको थियो ।युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा छ । 

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ १५ पैसा छ ।

त्यस्तै, जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २२ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७७ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय