यस्तो छ,आजको तरकारीको तथा फलफूल मूल्य
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार ९ गते
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजका लागि तरकारीको भाउ निर्धारण गरेको छ ।आज ठूलो भारतीय गोलभेँडाको मूल्य ९० रुपैयाँ प्रतिकेजी रहेको छ । तर, लोकल सानो गोलभेँडाको मूल्य २४ रुपैयाँ मात्रै रहेको छ ।
यस्तैगरी टनेलको सानो गोलभेँडाको मूल्य भने ३४ रुपैयाँ रहेको छ । यस्तैगरी रातो आलु ४६ रुपैयाँ पर्दछ भने रातो आलु मुडेको ३६ रुपैयाँ रहेो छ । सेतो आलु ३५ रुपैयाँ रहेको छ । कालीमाटी फलफूलत तथा तरकारी विकास समितिले आज दिएको तरकारी तथा फलफूलको मूल्य विवरण हो ।
बाहिर बजारमा यसको खुद्रा मूल्य फरक पर्न सक्छ । लोकल बन्दा ७० रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ पर्दछ । यस्तैगरी तने बोडी ४०, घिउसिमी ५०, लाम्चो भन्टा १८, घिरौंला ५० रुपैँया , स्कुस ५०, रुपैयाँ रहेको छ । यो न्युनतम मूल्य हो । अधिकतम अझै फरक पर्न सक्छ ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि