Trending

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

1.0kViews
0 Shares

काठमाडौं, १५ कात्तिक 

गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।

अमेरिकामा रियल स्टेट व्यवसयीका रुपमा आफ्नो भिन्न छवि बनाउन सफल गायक  न्यौपाने आफ्नो व्यवसाय सँगसँगै नेपाली गीत संगीतमा पनि तल्लिन रहँदै एकपछि अर्को सशक्त म्युजिक भिडियोहरू बजारमा ल्याउने क्रममा तिम्रो आँखामै हराएछु रिलिज गरेका हुन् ।

गायक न्यौपानेको तिम्रो आँखामै हराएछु मेलिनासँगको दोस्रो सहकार्य हो । यसअघि उनले मेलिनासँग यो जुनीमा तिम्रोमा स्वर भरेका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरू देख्न सकिन्छ  ।

जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो आफ्नो जीवनमा नै सजाउने सपना देख्छन् र रमाउँछन् । भिडियोमा आलिसा बास्तोला र लोमश शर्माले जीवन्त अभिनय गरेका छन् । 

कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज रहेको गीतको छायांकन सुन्दर नगरी बुटवलमा गरिएको हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन गरिएको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरु देख्न सकिन्छ  ।

जहाँ प्रेमी आफ्नो सुनौलो संसारकी राजकुमारीलाई आफ्नो आफ्नो जीवनमा नै सजाउने सपना देख्छन् र रमाउँछन् । प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

गायक छविले अहिलेसम्म एक दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन् । उनको नयाँ एल्बम पुण्य कर्म रिलिजको तयारीमा रहेको छ ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=zFJgfKsSBC0

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय