• Home
  • राजनीति
  • माओवादीबाट प्रवेश गरेका युवासँग किन खुसी छैन एमाले महाेत्तरीका नेताहरू ?
Image

माओवादीबाट प्रवेश गरेका युवासँग किन खुसी छैन एमाले महाेत्तरीका नेताहरू ?

महोत्तरी, ३ भदौ

मंगलबार माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपाल मधेस प्रदेशका इन्चार्ज शंकर महतोसहित एक दर्जन युवाहरू काठमाडाैं पुगेर एमाले प्रवेश गरे । वाइसीएल नेपालको राष्ट्रिय सम्मेलन हुँदै गर्दा वाइसीएलमै आवद्ध महोत्तरीका युवाहरूलाई  एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा भित्र्याए ।

यसअघि माओवादीका केन्द्रीय सदस्यसमेत रहेका टेकबहादुर बलम्पाकी र युवा नेता फाल्गुन सुस्लिङ मगर एमाले प्रवेश गरिसकेका छन् । बलम्पाकीलाई ओलीले १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । जुन निर्णयप्रति एमाले संस्थापन पक्ष सन्तुष्ट बन्न सकेका छैन ।

एमालेभित्र गुट, उपगुट निर्माण गरी बलम्पाकी र फाल्गुन सुस्लिङ मगरले कमजोर बनाउँदै लगेको संस्थापन पक्षकाे आरोप छ । एमाले प्रवेश गरे पनि नेताहरू अझै संस्थापन पक्षको चुलोचौकामा पुग्न सकेका छैनन् । केन्द्रबाट अधिवेशनसम्मका लागि जिल्ला इन्चार्जको जिम्मेवारी पाएका नेता बलम्पाकीलाई संस्थापन एमालेले स्वीकार गर्न सकेन । फलस्वरूप जिल्ला अधिवेशन गराउन नेता बलम्पाकी पटक-पटक असफल मात्र भएनन् इन्चार्जबाटै हटे । एमाले जिल्ला अधिवेशन ५ र ६ असोजलाई निर्धारण गरिएको छ । बलम्पाकीलाई हटाएर अर्का केन्द्रीय सदस्य सरोज यादवलाई इन्चार्ज बनाइएको छ । 

पूर्वमाओवादीकै कारण घरझगडा बढिरहेको आरोप लागिरहेका बेला मधेस प्रदेश कमिटी सदस्य शकर महतो तथा वाइसिएयल महोत्तरी इन्चार्ज मनोज थापा, निरज अधिकारीहरूलाई एमालेले कसरी स्वीकार गर्ला भन्ने प्रश्न उब्जेको छ । शंकर महतो गिरिराजमणि पोखरेल निकट हुन् । पोखरेल शिक्षामन्त्री हुँदा उनी झन्डै पाँच वर्ष उनकाे सचिवालयमा बसेर काम गरेका थिए । 

निरज अधिकारीले पनि माओवादीबाटै आफ्नो राजनीतिक हैसियत बनाएका हुन् । २०७४ को निर्वाचनमा वडा सदस्य जितेका अधिकारीले २०७८ को निर्वाचनमा वडाध्यक्षका लागी दाबी गरेका थिए । जनमोर्चा धारका अधिकारीलाई संस्थापन पक्षले टिकट नदिएपछि उनले माओवादी छाडेको घोषणा गरेका थिए । वडाध्यक्षमा बागी उम्मेदवारी दिएका अधिकारी अर्का स्वतन्त्र उम्मेदवार भोला खड्कासँग पराजित भएका थिए । वाइसीएल महोत्तरीका संयोजक मनोज थापालाई पनि सम्मानित पदमै हैसियत दिएको थियो ।

एमाले महोत्तरीका नेताहरू माओवादी छाडेर आएका युवाहरूसँग त्यति धेरै खुसी छैनन् । गुटगत राजनीति गर्न सिकेका नेताहरू एमालेमा भाँडभैलो गर्लान् कि भन्ने एमाले संस्थापन पक्षको चिन्ता छ । एमाले केन्द्रीय सल्लाहकार  सरिता ढुंगाना जिल्लामा पार्टी कमजोर बन्नुमा पूर्वमाओवादीहरूलाई दोष दिन्छिन् ।

तर मंगलबार एमाले प्रवेश गरेका शंकर महतो पार्टी बलियाे बन्न सहयाेग गर्ने बताउँछन् । एमालेले प्रदेश सभा सदस्यको टिकट दिने सुनिश्चित गरेपछि महताे पार्टी प्रवेश गरेकाे चर्चा चलेकाे छ ।

वाइसिएलको केन्द्रीय अध्यक्ष नपाउने भएपछि महतो एमाले प्रवेश गरेको स्रोतले बताएको छ । माओवादीमा अथाह अवसर दिँदादिँदै पनि एकैचोटि ठूलो भाग खोजेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । 

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ५ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ६ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ६ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *