Trending

मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट संघको भेट — टिबी साह मैदान र नारायणी रङ्गशालाको स्तरोन्नतिका लागि छिट्टै काम सुरु हुने

2.8kViews
9 Shares

वीरगञ्ज । सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा पुगेको जेन–जी युवाहरूको टोलीले आज क्रिकेट तथा खेलकुद पूर्वाधार विकासका विषयमा विस्तृत छलफल गरेको छ।

छलफलमा अध्यक्ष सिंहले वीरगञ्जको नारायणी रङ्गशाला र त्यससँगै रहेको टिबी साह क्रिकेट मैदानको स्तरोन्नतिको आवश्यकता जोड दिँदै भने, “यो मैदान स्थानीय मात्र होइन, राष्ट्रिय स्तरका खेलाडीहरूको अभ्यास केन्द्र बनेको छ, तर पूर्वाधार कमजोर हुँदा खेलाडीहरूको प्रतिभा उजागर हुन कठिन भइरहेको छ।”

उनले मुआब्जा प्रक्रियालगायतका अवरोधहरू हटाई काम शीघ्र अघि बढाउन मन्त्री गुप्तासँग आग्रह गरे।

जेन–जी युवा आशिष् गुप्ताले जानकारी दिँदै भने, छलफलमा नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, ११औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, प्रत्येक सरकारी विद्यालयमा खेलकुद प्रशिक्षक नियुक्त गर्ने र खेलाडीहरूका लागि पोषणयुक्त आहारको व्यवस्था जस्ता विषयमा विशेष जोड दिइएको थियो।

मन्त्री गुप्ताले सबै मागहरूलाई सकारात्मक रूपमा लिँदै भने, “तपाईंहरूका जायज मागहरू सम्बोधन गर्न म व्यक्तिगत रूपमा लाग्छु। टिबी साह मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुङ्ग्याएर काम सुरु गर्छौँ। नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र ११औँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा कुनै कमी राखिँदैन।”

उनले विद्यालय स्तरमा प्रशिक्षक नियुक्ति र खेलाडीहरूको पोषण व्यवस्थालाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

अध्यक्ष सिंहले मन्त्री गुप्ताको प्रतिबद्धताले मधेस प्रदेशमा खेलकुद विकासको नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे। छलफलमा रोमी खान, विनय गिरी, विक्की सर्राफ, सुशान्त साह, रोहित साह, सुमित गुप्ता, मुर्तुजा हावारी र रजत पाण्डेलगायत सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय