• Home
  • समाचार
  • वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु, ‘पम्प स्प्रे’ मार्फत विषादी छर्किँदै
Image

वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु, ‘पम्प स्प्रे’ मार्फत विषादी छर्किँदै

वीरगंज – वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र मलेरिया जस्ता रोगको संक्रमण फैलिन नदिन अभियान सञ्चालन गरिएको बताएका छन्।

चिसो मौसम अन्त्य हुँदै गर्मी सुरु भएसँगै लामखुट्टेको संख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपायस्वरूप विषादी छर्ने कार्य अघि बढाइएको प्रमुख सिंहको भनाइ छ। उनले नगरवासीलाई सरसफाइमा ध्यान दिन तथा पानी जम्न नदिने सावधानी अपनाउनसमेत आग्रह गरेका छन्।

बिहीबारदेखि सुरु भएको अभियानअन्तर्गत दोस्रो दिन घण्टाघरदेखि पावरहाउस चोकसम्मको मुख्य नाला तथा पानी जमेको खाली स्थानहरूमा विषादी छर्किने कार्य केन्द्रित गरिएको थियो। महानगर प्रमुखको निर्देशनमा बिहान १० बजेदेखि पम्पमा विषादीयुक्त घोल तयार गरी नाला तथा पानी जम्ने स्थानहरूमा छर्किने कार्य भइरहेको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिए।

महानगरका अनुसार ३२ वटै वडामा दैनिक रूपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने कार्य सञ्चालन भइरहेको छ। वीरगंजमा चिसो र गर्मी दुवै मौसममा लामखुट्टेको अत्यधिक प्रकोप देखिने भएकाले महानगरले वर्षमा दुईपटक नियमित रूपमा विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

महानगरले अभियानलाई प्रभावकारी बनाउन नगरवासीलाई घर वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने र रोगका लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *