• Home
  • समाचार
  • पर्सा–१ मा नयाँ चुनावी समीकरणको संकेत, ओमप्रकाश सर्राफको समर्थनमा मन्त्री फिल्डमा
Image

पर्सा–१ मा नयाँ चुनावी समीकरणको संकेत, ओमप्रकाश सर्राफको समर्थनमा मन्त्री फिल्डमा

वीरगंज – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन मागिरहेका बेला जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफको पक्षमा मधेश प्रदेश सरकारका मन्त्री स्वयं चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन मधेश प्रदेशका मन्त्री दशरथ कुशवाहा सर्राफको समर्थनमा फिल्डमै सक्रिय भएका हुन् । उनले विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै सर्राफलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन् । मन्त्री कुशवाहाले जनमत पार्टीको एजेण्डा मधेशको अधिकार, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै पर्सा–१ मा नयाँ नेतृत्वको आवश्यकता औंल्याए ।

युवा उम्मेदवार सर्राफ भने स्पष्ट राजनीतिक एजेण्डा र योजनासहित चुनावी मैदानमा उत्रिएका छन् । उनी रोजगारी सिर्जना, कृषि तथा साना उद्योग प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विषयलाई प्राथमिकतामा राख्दै मतदातामाझ पुगिरहेका छन् । विशेषगरी युवापुस्तामाझ उनको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय स्रोतहरू बताउँछन् ।

दिनप्रतिदिन पर्सा–१ का मतदातामा जनमत पार्टीप्रति आकर्षण बढिरहेको दाबी पार्टी कार्यकर्ताहरूले गरेका छन् । घरदैलो अभियान, युवासभा, टोलभेला तथा रात्रीसभामार्फत सर्राफले चुनावी माहोललाई आफ्नो पक्षमा लैजान सफल भएको स्थानीय बुद्धिजीवीहरूको आकलन छ । उनी निर्वाचनको प्रतिस्पर्धामा अग्रस्थानतर्फ उन्मुख भइरहेको विश्लेषणसमेत हुन थालेको छ ।

यसैक्रममा जनमत पार्टीको आयोजनामा वीरगंज महानगरपालिका–४ विर्तामा सम्पन्न घरदैलो कार्यक्रम उत्साहपूर्ण रहेको बताइएको छ । कार्यक्रममा उम्मेदवार सर्राफले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याबारे जानकारी लिएका थिए । उनले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई आफ्नो प्रतिबद्धताको केन्द्रमा राख्ने आश्वासन दिएका छन् ।

घरदैलो अभियानका क्रममा मन्त्री कुशवाहासहित पार्टीका स्थानीय नेताहरूले संघीय संसद्मा सशक्त आवाज उठाउन सक्षम, युवा र ऊर्जावान नेतृत्वको आवश्यकता रहेको दोहोर्‍याए । उनीहरूले पर्सा–१ मा विकास, पारदर्शिता र स्थायित्वका लागि सर्राफ उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ मा चुनावी सरगर्मी अझ चुलिँदै गएको छ । राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा मतदाता पनि आफ्ना मुद्दा र अपेक्षा स्पष्ट रूपमा राख्न थालेका छन् । यस्तो अवस्थामा सर्राफले प्रस्तुत गरेको एजेण्डा, मन्त्रीस्तरको समर्थन र सक्रिय चुनावी अभियानले पर्सा–१ को चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *