Trending

बाराको महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप

785Views
0 Shares

काठमाडौं । जेठ ९ गते
बाराको महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ । महागढीमाई नगरपालिका–२ स्थित ईनर्वाटोलमा झडप भएको हो ।कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास फायर गरिएको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया लगिएको उनले बताए ।झडपमा प्रहरी सहायक निरीक्षक मनोज साहसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटना आइतबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय