• Home
  • साहित्य र मनोरञ्जन
  • प्रदीप खड्का भन्छन्, राजनीतिप्रति धेरै चाख लाग्छ, यो पुस्ताका आशालाग्दा नेता गगन थापा हुन्
Image

प्रदीप खड्का भन्छन्, राजनीतिप्रति धेरै चाख लाग्छ, यो पुस्ताका आशालाग्दा नेता गगन थापा हुन्

काठमाडौं, १३ भदौ । अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् ।

नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उनले बताएका छन् । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै नेपालको राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले आफू राजनीतिक मान्छे नभए पनि राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयमा धेरै चाख लाग्ने उल्लेख गर्दै प्रकाशको भूमिका गर्दैगर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई नजिकबाट महसुस गर्न पाएको पनि बताएका छन् । नेपालका राजनीतिक नेतृत्वलाई आफूले जे जति बुझेको हो, त्यस आधारमा यो पुस्ताको सबैभन्दा आशालाग्दा नेता गगन थापा हो भन्ने उत्तर दिन आफूलाई खासै सोच्नु नपर्ने पनि स्पष्ट पारेका छन् ।

‘प्रकाशलाई यहाँहरूले दिनु भएको माया र साथका लागि कृतज्ञ छु। हिजो प्रकाश हेर्न आउनु भएकामध्ये एकजना दर्शक मेरा लागि निक्कै विशेष हुनुन्थ्यो। हुन त म राजनीतिक मान्छे हुँदै हैन, तर मलाई राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयहरूमा धेरै चाख लाग्छ। अझै प्रकाशको भूमिका गर्दै गर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिकबाट महसुस गर्न पाएँ। 
नेतृत्वलाई मैले जे जति बुझेको छु, त्यस आधारमा यो पुस्ताका सबैभन्दा आशालाग्दा नेता को हुने भन्ने प्रश्नको उत्तरमा Gagan Thapa भन्ने उत्तर दिन मलाई खास्सै सोच्नु पर्दैन। सुखद संयोग, हिजो गगन दाइसँगको भेट जुर्यो। फिल्म हेरिसकेपछि, दाइसँग समाज, राजनीति, सिनेमालगायतका विषयमा छलफल भयो। दाइलाई नजिकबाट नियाल्न पाउँदा, उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ। देशको नयॅा व्यवस्था परिवर्तन महसुस गर्न नयॅा नेतृत्व पाउन जरूरी छ अनि मात्र प्रकाशहरूको भोगाइको परिवर्तन हाम्रै पालामा सम्भव छ । अबको नेतृत्वमा यस्तै नयॅा जोसिला व्यक्तित्वलाई देख्न पाइयोस, हामी सबैलाई शुभकामना,’ प्रदीपले लेखेका छन् ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ४ हप्ता अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ महिना अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni २ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *