प्याब्सन वीरगंजको अन्तरविद्यालय टी–१० क्रिकेटमा पाँचौँ दिन पाँच रोमाञ्चक खेल सम्पन्न

2.4kViews
6 Shares

वीरगंज – निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोश्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार पाँचौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । वीरगंजको आदर्शनगर रङ्गशालामा सम्पन्न खेलहरूमा छात्रछात्रा दुवै तर्फका विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूलाई उत्साहित बनाएका थिए ।

पाँचौँ दिनको पहिलो खेल छात्रातर्फ विकन स्कुल र रोयल एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा विकन स्कुलले रोयल एकेडेमीलाई ३ विकेटले पराजित गर्दै जीत हात पार्‍यो । उक्त खेलमा रोशिका बस्नेत ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । दोश्रो खेल छात्र तर्फ साउथजोन र न्यु वेभबीच सम्पन्न भयो । साउथजोनले सशक्त प्रदर्शन गर्दै न्यु वेभलाई २८ रनले पराजित गर्‍यो । नितेश पटेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

तेश्रो खेल छात्रातर्फ गोल्डेन फ्युचर र मुनलाइटबीच भएको थियो । मुनलाइटले उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल्डेन फ्युचरलाई ३४ रनले पराजित गर्‍यो । मुस्कान गुप्ता ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । चौथो खेल छात्रतर्फ लिटिल फ्लावर र श्री आदर्शबीच सम्पन्न भयो । लिटिल फ्लावरले ७ विकेटले सहज जित दर्ता गर्‍यो । उक्त खेलमा अभि कुमार यादव ‘प्लेयर अफ द म्याच’ बने ।

पाँचौँ दिनको अन्तिम खेल छात्रातर्फ चिल्ड्रेन्स वर्ल्ड र मास्कट एकेडेमीबीच भएको थियो । चिल्ड्रेन्स वर्ल्डले मास्कट एकेडेमीलाई २६ रनले पराजित गर्दै प्रभावशाली जित हासिल गर्‍यो । यस खेलमा चन्दनी साह ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागी विद्यालय टोलीहरूबीचको प्रतिस्पर्धा दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ । प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय