Trending

पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक १ अर्ब ८८ करोड रहने निगमको भनाई

1.0kViews
0 Shares

काठमाडौं । माघ ६ गते
पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक (१५ दिनको) घाटा १ अर्ब ८८ करोड रहने नेपाल आयल निगमले जनाएको छ । निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक अवस्था रहेको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा नोक्सानी छ ।

त्यस्तै डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा नाफा तथा वाह्य हवाई इन्धनमा प्रतिलिटर २९ रुपैयाँ नाफा रहेको छ ।निगमका अनुसार एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ ।

यी सबै इन्धनको आगामी १५ दिनको खपत प्रक्षेपणअनुसार निगमले घाटा रकम अनुमान गरेको हो । निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । यो मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल तथा मट्टितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धनमा पनि मूल्य बढाइएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय