Trending

निर्वाचन आयोगले सर्वदलीय बैठक शुक्रबार बस्दै

810Views
0 Shares

काठमाडौं । पुष २९ गते
शुक्रबार बिहान ११ बजेका लागि निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिएको आयोगले जानकारी दिएको छ ।प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माघ १२ मा तय गरिएको राष्ट्रियसभा निर्वाचन र हाल जारी मतदाता नामावली संकलनबारे दलहरूलाई जानकारी गराइने छ ।

साथै स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुनेछ ।निर्वाचनको वातावरणका लागि सर्वदलीय बैठक आव्हान गरिएको आयोगले जनाएको छ ।आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय