• Home
  • ताजा समाचार
  • नाट्टा कार्यसमितिमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली निर्वाचित
Image

नाट्टा कार्यसमितिमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमितिका लागि भएको निर्वाचनमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

भरतजंग पाण्डेको नेतृत्वमा रहेको **‘भरत एण्ड टिम’**बाट उम्मेदवारी दिएका मैनालीले १८९ मत प्राप्त गर्दै कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ का स्थायी बासिन्दा मैनाली शुभम् ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन्। उनी विगत एक दशकदेखि पर्यटन तथा ट्राभल व्यवसायमा सक्रिय रहँदै आएका छन्।

पर्यटन क्षेत्रमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै आएका मैनालीले व्यवसायीका समस्या, पर्यटन क्षेत्रका चुनौती तथा सम्भावनालाई नजिकबाट बुझ्दै आएका छन्। नाट्टाको कार्यसमिति सदस्यका रूपमा निर्वाचित भएपछि उनले पर्यटन व्यवसायीको हकहित, संस्थागत सुधार तथा व्यवसायमैत्री नीतिका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उम्मेदवारी घोषणा गर्ने क्रममा मैनालीले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन : सदस्यसँगै, सदस्यका लागि’ भन्ने नारालाई प्राथमिकतामा राख्दै सदस्यका समस्या समाधान, संस्थागत सुधार र नयाँ पुस्ताका पर्यटन व्यवसायीको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

निर्वाचनमा कार्यसमिति सदस्यतर्फ स्मारिका थापा २११ मतसहित सबैभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यस्तै प्रकाश लोहनीले २१०, नवीन गुरुङले २०५, दिनेश मैनालीले १८९, सुमनलाल श्रेष्ठले १८८, स्वस्तिका प्रधानले १८४, संकेत दाहालले १६५ र विभास पौडेलले १५८ मत प्राप्त गरी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

त्यसैगरी, नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे १८८ मतसहित निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा तथा सह–सचिव/सह–कोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका छन्।

मैनालीको विजयसँगै नाट्टाको नयाँ कार्यसमितिमा युवा पर्यटन व्यवसायीको प्रतिनिधित्व थप बलियो भएको छ। आगामी कार्यकालमा नयाँ नेतृत्वले पर्यटन प्रवर्द्धनसँगै सदस्यका व्यावसायिक समस्या समाधान, संस्थागत सुधार र नाट्टालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni ६ दिन अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

काठमाडौंमा डेरामा बस्ने २५० विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरणऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार शाहको संयुक्त पहल

काठमाडौं । काठमाडौं उपत्यकामा डेरामा बस्दै स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित…

ByByanjana soni १ हप्ता अगाडि

मधेशीको नाममा राजनीति मात्रै? उपेन्द्र यादवको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विक्की यादवले दिए राजी

उपेन्द्र यादवको नेतृत्वमाथि बिदेश्वर यादव ‘विक्की’को प्रश्न : जसपा छाडे, मधेसको मुद्दा होइन! ‘पार्टीभन्दा मुद्दा ठूलो, नेतृत्वभन्दा विचार…

ByByanjana soni १ हप्ता अगाडि

दिगो प्याकेजिङ र हरित ब्यावसायका पाँच पुरस्कृत

  ​काठमाडौं, २४ असोज । युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित…

ByByanjana soni १ हप्ता अगाडि

दिगो प्याकेजिङ र हरित ब्यावसायका पाँच पुरस्कृत

  ​काठमाडौं, २४ असोज । युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रीनसिफ्ट नेपाल’ परियोजनाअन्तर्गत दिगो प्याकेजिङ र हरित…

ByByanjana soni १ हप्ता अगाडि

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *