Image

द कलेज एम्बासडरले देखाए प्रतिभा


काठमाडौं, १४ भदौ । ‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफूमा रहेको प्रतिभा देखाएका छन् । राजधानीमा आयोजित ट्यालेन्ट राउन्डअन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकलालगायतका ट्यालेन्ट देखाए ।

डान्स कोरियोग्राफर श्रेया महर्जन, सौन्दर्य प्रतियोगिता विजेता पूजा पुरी र प्रोफेसर विनय रन्जितलगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए । प्रतियोगितामा आठ महिला र आठ पुरुष प्रतियोगी रहेका छन् ।

प्रतियोगिताको यो ११औं संस्करण हो । यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेसनल कलेज, हेराल्ड कलेज, काठमाडौं स्कूल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेस्टर्न कलेज, ह्वाइटफिल्ट इन्टरनेसनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रवीण लाकौलले बताए ।

ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिने बताइन् । मिसेस युनिभर्स नेपाल २०१९ की विजेतासमेत रहेकी अनिला प्रतियोगिताको कोरियोग्राफरसमेत हुन् ।

प्रतियोगिताको अन्तिम स्पर्धा यही १७ भदौमा रसियन कल्चल सेन्टर (रसियन हाउस) कमलपोखरीमा आयोजना हँुदैछ । प्रतियोगीमा शीर्षसहित बिभिन्न आधा दर्जनभन्दा बढी बिधामा विजेता छानिनेछ । 

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ४ हप्ता अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ महिना अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni २ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *