• Home
  • मौसम
  • देशभर लगातार भारी वर्षा, तटीय क्षेत्रका नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’
Image

देशभर लगातार भारी वर्षा, तटीय क्षेत्रका नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’

काठमाडौं । असार १५ गते
देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ ।पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानुमान महाशाखाले मोबाइल सेवा प्रदायक कम्पनीमार्फत् त्यहाँका स्थानीयको मोबाइलमा ‘अलर्ट’ एसएमएस पठाएको छ ।

महाशाखाका अनुसार रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्रमा रहेका नदीमा बाढीको जोखिम रहेको छ ।त्यस्तै, कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति एसएमएस पठाइएको छ । कान्द्रा,मोहना,खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ । कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *