Trending

थिमी नगरपालिकाले भन्यो: ३५ दिन भित्र अबैध संरचना हटाउनु

860Views
0 Shares

काठमाडौं, १४ भदौं
मध्यपुर थिमि नगरपालिका, भक्तपुरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । 


३५ दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले सो समयसिमा भित्र नहटाएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,’ नगरपालिकाले जारी गरिएको सुचनामा भनिएको छ, ‘अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउनु होला । अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।’ 

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यकालगायत देशैभरीका अन्य नगरपालिकामा पनि क्रमश: देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय