• Home
  • राजनीति
  • जनमत पार्टीको चुनावी अभियान तीव्र, सर्राफले एक हप्तामा ९ वडामा गरे मतदाता भेटघाट
Image

जनमत पार्टीको चुनावी अभियान तीव्र, सर्राफले एक हप्तामा ९ वडामा गरे मतदाता भेटघाट

वीरगंज – आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीले मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको जनाएको छ।

पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट सिफारिस भएका उम्मेदवार ओमप्रकाश सर्राफ ले पछिल्लो एक हप्तामा वीरगंज महानगरपालिकाका वडा नम्बर २, १४, १५, १६, १८, २१, २३, ३१ र ३२ मा वृहत भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। भेटघाटका क्रममा उनले पार्टी कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै संगठन सुदृढीकरणमा जोड दिएका छन्।

सर्राफका अनुसार ती वडाका बुथस्तरमा युवा, महिला तथा मूल कमिटी गठन तथा पुनर्गठन गरिएको छ। स्थानीय तहमा जिम्मेवारी बाँडफाँड गर्दै पार्टीको आधार विस्तार गर्ने उद्देश्यले अभियान केन्द्रित गरिएको उनले बताए।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले उठाएका शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा आधारभूत पूर्वाधारसम्बन्धी समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको सर्राफले स्पष्ट पारे। क्षेत्र नम्बर १ का पर्यवेक्षक डा. मनोज कुमार का अनुसार भेटघाटमा उठेका समस्या सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गरिएको छ।

जनमत पार्टी पर्साले आगामी दिनमा घरदैलो अभियान, बुथस्तरीय बैठक तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल बढ्दै गएको देखिन्छ।

Related Posts

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ४ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ५ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ५ महिना अगाडि

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १…

ByByBirgunj ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *