• Home
  • राजनीति
  • जनमत पार्टीको चुनावी अभियान तीव्र, सर्राफले एक हप्तामा ९ वडामा गरे मतदाता भेटघाट
Image

जनमत पार्टीको चुनावी अभियान तीव्र, सर्राफले एक हप्तामा ९ वडामा गरे मतदाता भेटघाट

वीरगंज – आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीले मतदाता भेटघाट, संगठन विस्तार तथा बुथस्तरीय कमिटी गठनलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको जनाएको छ।

पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका तर्फबाट सिफारिस भएका उम्मेदवार ओमप्रकाश सर्राफ ले पछिल्लो एक हप्तामा वीरगंज महानगरपालिकाका वडा नम्बर २, १४, १५, १६, १८, २१, २३, ३१ र ३२ मा वृहत भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। भेटघाटका क्रममा उनले पार्टी कार्यकर्ता, स्थानीय अगुवा तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै संगठन सुदृढीकरणमा जोड दिएका छन्।

सर्राफका अनुसार ती वडाका बुथस्तरमा युवा, महिला तथा मूल कमिटी गठन तथा पुनर्गठन गरिएको छ। स्थानीय तहमा जिम्मेवारी बाँडफाँड गर्दै पार्टीको आधार विस्तार गर्ने उद्देश्यले अभियान केन्द्रित गरिएको उनले बताए।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले उठाएका शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा आधारभूत पूर्वाधारसम्बन्धी समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको सर्राफले स्पष्ट पारे। क्षेत्र नम्बर १ का पर्यवेक्षक डा. मनोज कुमार का अनुसार भेटघाटमा उठेका समस्या सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गरिएको छ।

जनमत पार्टी पर्साले आगामी दिनमा घरदैलो अभियान, बुथस्तरीय बैठक तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर १ मा राजनीतिक चहलपहल बढ्दै गएको देखिन्छ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni २ हप्ता अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *