• Home
  • स्वास्थ्य
  • छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बिमा बापतकाे ५० प्रतिशत रकम तिरिदिने
Image

छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्य बिमा बापतकाे ५० प्रतिशत रकम तिरिदिने

प्रकाश पाक्साँवा
तेह्रथुम, १३ भदौ । छथर जोरपाटी गाउँपालिकाले पालिकाका सबै नागरिककाे ५० प्रतिशतमै स्वास्थ्य बिमा गरिदिने भएकाे छ । स्वास्थ्य बिमाकाे लागि रकम तिर्न नसक्दा उपचारमा लाखाैं खर्च गर्न परेकाे र बिमा नगरेका कारण कतिपयले मृत्युबरण समेत गर्नु परेकाे स्थिति राेक्न पालिकाले आधा  मै बिमा गरिदिन लागेकाे हाे । 

नेपाल सरकारले पाँच जनाको परिवारले ३५ सय तिर्दा वार्षिक एक लाख बराबरको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिँदै आएकाे छ । 

गाउँपालिकाले ५० प्रतिशत स्वास्थ्य बिमामा सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए । ‘हामी निर्वाचत भएपछि गाउँपालिकामा रहेका सबै नागरिकले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने उदेश्यका साथ यो कार्यक्रम अघि सारेका हौ । गाउँपालिकामा रहेका १८ हजार तीन सय ९४ जनसंख्या तीन हजार नाै सय २२ घरधुरीलाई प्रत्यक्ष सेवा दिने लक्ष्यका साथ सहयोग गर्ने तयारी गरेका छौ ।’ उनले भने । 

यो कार्यक्रमसँगै गाउँपालिकामा रहेका पाँच जनाको परिवारले १७ सय ५० रुपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने भएका छन् । स्वास्थ्य बिमाको बारे गाउँगाउँमा महत्व र आवश्यकताको महसुस दिलाउने भएको छ । स्वास्थ्य बिमामा गाउँपालिकाले सहयोग गर्ने भएपछि सर्वसाधारणले राहात पाउने भएका छन् ।

गाउँपालिकाले सुत्केरी पोषण भत्ता कार्यक्रम अन्तर्गत मासिक एक हजार दिने तयारी गरेको छ । आठ पटक गर्भ जाँच गरीसकेका सुत्केरीलाई एकमुष्ठ नाै हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । 

Related Posts

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ४ महिना अगाडि

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरिने भएको…

ByByanjana soni ५ महिना अगाडि

हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता

काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्।…

ByByYOUTV Nepal ८ महिना अगाडि

हरेक नेपालीका लागि सहज, सुलभ र गुणस्तरीय उपचार — डा. प्रकृति ज्ञवालीद्वारा ‘Elites Skin Clinic’ संचालनमा 

छालाको हेरचाह अब महँगो र पहुँच बाहिरको कुरा रहेन। Elites Skin Clinic की सञ्चालक डा. प्रकृति ज्ञवाली का…

ByByYOUTV Nepal ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *