• Home
  • स्वास्थ्य
  • चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु 
Image

चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु 

चितवन, ३ भदौ 

चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाण्डौका ३२ वर्षीय सरोज माझी रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । 

काठमाण्डौबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किएको थियो । 

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।  

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ६ महिना अगाडि

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरिने भएको…

ByByanjana soni ६ महिना अगाडि

हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता

काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्।…

ByByYOUTV Nepal १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *