• Home
  • प्रदेश नं २
  • घर आगन नियमित बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा भव्य रुपमा सम्पन्न
Image

घर आगन नियमित बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा भव्य रुपमा सम्पन्न

कार्तिक ६ गते ।
जनकपुरधाम घर आँगन नियमित बचत तथा ऋण सहकारी संस्था लि.महोत्तरीको लोहारपट्टी नगरपालिका ७ स्थित दशौं साधारण सभा गत शुक्रवार सम्पन्न भएको छ ।

सभामा चालु आ.व २०७८÷०७९ र आगामी आ.व. २०७९÷०८० को बजेट वारेमा जानकारी गराइएका थियो । संस्थाको वारेमा संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुरले जानकारी गराउनु भएको थियो ।
सभा संस्थाका अध्यक्ष ठाकुरको अध्यक्षतामा र लोहारपट्टी नगरपालिकाका नगर प्रमुख शैलेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको थियो । त्यस्तै सो अवसरमा विशेष अतिथीहरुमा सो नगरपालिकाका उपमेयर सरीता शर्मा ,स्थानिय जनप्रतिनिधीहरु, नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधीहरु, समाजसेवीहरु, स्थानिय प्रहरी प्रमुख समेतको उपस्थिती थियो ।

त्यसैगरी सो संस्थाका पदाधिकारीहरु, सदस्यहरु तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो । सो अवसरमा संस्थाको गत आ.ब.२०७७÷७८ को बजेट रु.३१ करोड ११ लाख २० हजार ६.सय ६१ पैसा २९ ,आचु आ।ब।२०७८÷७९ को संशोधित बजेट रु.३७ करोड २८ लाख ३२ हजार ९ सय ८९ पैसा ६६ र अगामी आ।ब।२०७९÷८० को प्रस्तावित बजेट रु. ४५ करोड ५६ लाख ३४ हजार ९ सय ८९ पैसा ६६ रहेको जनाइएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *