• Home
  • अर्थ
  • खप्तड लघुवित्तको आईपीओमा आवेदन खुला
Image

खप्तड लघुवित्तको आईपीओमा आवेदन खुला

काठमाडौं, ८ भदौ

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरमा बुधबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले निष्काशन गर्ने कुल कित्तामध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओका लागि न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओमा छिटोमा १२ भदौसम्म र उक्त समयअवधिसम्म माग बमोजिम आवेदन नपरे २२ भदौसम्म आवेदन खुला रहनेछ । हाल कम्पनीको चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ भने सेयर बाँडफाँट पश्चात् पुँजी ४ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ खरिदका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, मेरो सेयर वेबसाइट तथा एपका साथै सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।
 

Related Posts

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni ६ दिन अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni १ हप्ता अगाडि

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *