• Home
  • Uncategorized
  • एमाले महोत्तरीकाे अधिवेशन अनुमानित मिति तय भएसँगै नेतृत्व लिने भन्ने बहस सुरू
Image

एमाले महोत्तरीकाे अधिवेशन अनुमानित मिति तय भएसँगै नेतृत्व लिने भन्ने बहस सुरू

महोत्तरी, १८ साउन  

एमाले महोत्तरीकाे अधिवेशन अनुमानित मिति तय भएसँगै नेतृत्व लिने भन्ने बहस सुरू भएको छ ।  बिरगन्जमा केही दिनअघि  बसेको प्रदेश सचिवालय भेलाले १५ भदौअघि नै जिल्लाको अधिवेशन टुंग्याउने निर्णय गरेसँगै नेतृत्वसम्बन्धी बहस चलेकाे हाे । 

नेतृत्व जिल्लाको उत्तरी क्षेत्रले लिने कि दक्षिणी क्षेत्रले लिने भन्ने विषयमा मत विभाजन भएको छ । अहिले निर्धारित समयमा अधिवेशन  गराउन नसकेको भन्दै जिल्ला इन्चार्जको जिम्मेवारी पाएका टेकबहादुर बलाम्पाकीलाई  इन्चार्जबाट हटाइएको छ भने कालीचरण साहलाई अधिवेशनसम्मको लागि इन्चार्ज तोकिएको छ ।

नेतृत्व कै विषयमा सहमत हुन नसक्दा देशका ७६ जिल्लामा महाधिवेशन भइसक्दा पनि महाेत्तरीमा हुन सकेकाे थिएन । अब भने निर्धारित मितिमै अधिवेशन गराइछाड्ने नेताहरूको प्रतिबद्धता छ । 

यसअघि पोलिटब्यूरो सदस्य समेत रहेका रामदयाल मण्डल पक्षधर र केन्द्रीय सदस्यद्वय  सरोज यादव, टेकबहादुर बलाम्पाकीको आफ्नै अडानले पटक-पटक अधिवेशन बिथोलिएको आराेप छ ।

७६ वटै जिल्लामा अधिवेशन समपन्न भैइसक्दा पनि महोत्तरीमा मात्र नहुनुलाई केन्द्रले समेत निकै महत्वका साथ चासो देखाएको छ । यसैले पनि जिल्लाका नेताहरू अधिवेशनको लागि  निकै लचिलो देखिएका छन् । तर, आफू अनुकुल बनाउन भने नेताहरूको दौडधुप बाक्लिएको छ ।

बुधबार बर्दिबासमा भएको वर्गीय संगठन जनजाति माहासंघ प्रदेशस्तरीय भेलाले समेत महोत्तरीको अधिवेशनको सम्बन्धमा चासो देखाएको छ । लामो समयदेखि जिल्लामा नेतृत्व दक्षिणी क्षेत्रबाट भएको र अब उत्तरी क्षेत्रले पाउनुपर्ने अडान कै कारण अधिवेशनको गर्मागर्मी बढेको छ ।

प्रदेशसभा सदस्य तथा नेकपा एमालेकी नेतृ सारदादेवी थापाले नेतृत्व उत्तरी क्षेत्रले पाउनुपर्ने पारम्भिक माग रहेको बताइन् । तर, पोलिटब्यूराे सदस्य रामदयाल मण्डल भने यस्ता टिक्काटिपण्णी र अडान अनावश्यक भएको बताउँछन् ।

`उत्तरी क्षेत्रले पाउने कि दक्षिणी क्षेत्रले नेतृत्व पाउने भन्ने विषय प्रतिनिधि र हलले टुंग्याउने बिषय हो कसैले भनेर हुँदैन,´ उनले भने । अधिबेशनको मिति निर्धारण गर्न २२ साउनमा आयोजक कमिटीको बैठक बस्दैछ । बर्दिबासमा तय गरिएको उक्त बैठकले अधिवेशनको विषयमा पूर्ण छलफल गर्ने नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ९ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *