• Home
  • राजनीति
  • एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय
Image

एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौं, ७ भदौ

नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले  दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । 

बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले आजको बैठकले गरेको निर्णय १० र ११ भदौमा हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने बताए । गुरुङका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय, अन्तर्राष्टिय स्तरमा भइरहेका घटना, गठबन्धन सरकारले गरेका क्रियाकलाप, ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बारे मन्तव्य राखेका थिए । 

यस्तै,  बैठकले राजनीतिक प्रतिवेदन बारे छलफल, केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेका निर्णय अनुमोदन, निर्वाचन मस्यौदा कार्यदलले गरेको काममाथि छलफल, निर्वाचन परिचालन कमिटीको जिम्मेवारी बारे पनि चर्चा गरेको छ । बैठकले पार्टीको वार्षिक बजेट पनि पास गरेको प्रचार विभाग प्रमुख गुरुले बताए । 

गुरुङका अनुसार अहिले नेकपामा प्रवेश गर्नेको लहर चलेको छ र यो लहरलाई व्यवस्थापन र उनीहरूको विवरण दुरुस्त गर्ने निर्णय पनि गरेको छ । 

आजकै बैठकले केन्द्रीय सल्लाहकारमा तीन जनालाई मनोनयन गरेको छ । काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बाग्लुङका नवराज पौडेल केन्द्रीय सल्लाहकारमा मनोनयन भएका हुन् । 

बैठकले उम्मेदवार छानोटको प्रक्रिया र मापदण्डसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीको आगामी बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ । 

हाल नेकपा एमालेमा आठ लाख ५५ हजार सात सय ५३ जना पार्टी सदस्य रहेको र यसमध्ये ५२ हजार पाँच सय ५० जनाको पार्टी सदस्यता नम्बर दोहोरिएको फेला परेको छ । यसलाई व्यवस्थापन गर्ने निर्णय पनि भएको छ  ।

बैठकमा गण्डकीबाहेक ६ प्रदेशका इन्चार्जहरूले अहिलेको शक्ति सन्तुलनको स्थिति र आ–आफ्ना प्रदेशमा पार्टी संगठनको गतिविधि कस्तो छ भनेर उनीहरूले रिर्पोटिङ गरेका छन् । 

स्थायी कमिटीका १३ जना सदस्यले पार्टी अध्यक्षको भनाइप्रति मन्तव्य राखेको उनको भनाइ छ । 
 

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ४ दिन अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni ६ दिन अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni ६ दिन अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *