• Home
  • राजनीति
  • उम्मेदवार तय नहुँदै गृहमन्त्री खाणले गरे सम्पर्क कार्यालय उद्घाटन
Image

उम्मेदवार तय नहुँदै गृहमन्त्री खाणले गरे सम्पर्क कार्यालय उद्घाटन

भैरहवा, १० असाेज

रुपन्देहीको निर्वाचन- ३ मा कांग्रेसले उम्मेदवार तय नहुँदै सम्पर्क कार्यालय उद्घाटन गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार प्रस्ताव भइरहेको समयमै गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । 

गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारको टुंगो अझै लगाएको छैन । काे कहाँबाट उम्मेदवारी हुने भन्ने पार्टीले तय नगरेको बेला गृहमन्त्रीसमेत रहेका रुपन्देही-३ बाट एकल प्रस्तावमा परेका बालकृष्ण खाणले आफ्नै सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर-६ गल्लामण्डीमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाण रुपन्देही- ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारमा एकल सिफारिसमा परेका छन्। सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले कांग्रेसले आफूलाई उम्मेदवार प्रस्ताव गरे पनि कुनै टुंगाे नलागेकाे बताए । रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र रहेको छ । 
 

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ५ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ६ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ६ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *