इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल र वेस्टह्याम विजयी
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । माघ २६ गते
गएराति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल र वेस्टह्याम विजयी भएका छन् । बर्नली र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।न्युक्यासलले एभर्टनलाई ३–१ गोलले हराएको थियो भने जितपछि न्युक्यासलको २२ खेलमा १८ अंक भएको छ ।
न्युक्यासल १७ औ स्थानमा छ ।एक खेल कम खेलेको एभर्टन १९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले वार्टफोडलाई १–० गोलले पराजित गरेको छ । जितपछि वेस्टह्याम अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २४ खेलमा ४० अंक छ ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि