Trending

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै, पेश होला त एमसिसी ?

705Views
0 Shares

काठमाडौं । फागुन ४ गते
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकको कार्यसूचीसमेत सार्वजनिक भइसकेको छ तर, संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी०सम्बन्धी प्रस्ताव समावेश छैन । कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।

सरकारले सर्वाधिक चर्चा र विवादित बनेको एमसीसी टेबुल गर्ने तयारी गरेको छ । संसद् बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन हुन सक्ने बताइएको छ ।मंगलबार कांग्रेस संसदीय दलको बैठकले एमसीसी टेबल गराउने निर्णय गरेको थियो ।

प्रधान मन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई एमसीसी टेबल गर्न आग्रह गरेका थिए । यो विषयमा सभामुख सकारात्मक रहेको कांग्रेसको भनाइ छ ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी एमसीसीको पक्षमा खुलेका छैनन् । प्रतिपक्षी दल एमालेले भने सत्तारुढ दलले आफ्नो धारणा सार्वजनिक गरेपछि उपयुक्त निर्णय गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय