• Home
  • देश
  • अवैध लागूऔषध खैरो हेरोइनसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ
Image

अवैध लागूऔषध खैरो हेरोइनसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

काठमाडौं, १२ असोज 

देशका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

दाङको घोराही उपमहानगरपालिका–११ बन्चरेबाट १ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–१२ हिलेखर्क बस्ने ३२ वर्षीय जिवराज रावतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जिवराजलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका–६ वैशाखाबाट २ ग्राम १६ मिलीग्राम खैरो हेरोईनसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २७ वर्षीय जय किसन चौधरी र कैलाली धनगढी उपमहानगरपालिका–१३  कैलालीगाउँ बस्ने २८ वर्षीय महेश ओझा रहेका छन् । 

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मे ७ प ९८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट करिब ७५ ग्राम ब्राउन सुगरसहित रामेछाप नगरपालिका–८ बस्ने ३० वर्षीय बिजय लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ, नगद १० हजार रूपैयाँ र २ थान मोबाइल फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापाको बिर्तामोड नगरपालिका–५ पाथिभरा टोलबाट करिब १३ ग्राम ब्राउन सुगरसहित इलाम माई नगरपालिका–२ बस्ने २२ वर्षीय केविन्द्र गोले समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ७ दिन अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि
ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *