• Home
  • अर्थ
  • अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला
Image

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुला

काठमाडौ,  ७ असार । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोढ ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन भएको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा असार गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार २१ गतेभित्र आवेदन दिनु पर्नेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।  

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ५ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

सेयर बजार बढाउने (अ)सफल प्रयासहरूको श्रृङ्खला र बजारको वर्तमान अवस्था

काठमाडौं । पुँजी बजारलाई सहज बनाउने नीतिगत प्रयासहरू भइरहँदा पनि नेपालको सेयर बजार (नेप्से) ले सोअनुरुप गति लिन…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *