• Home
  • ताजा समाचार
  • ९ वर्षीया दिलिजा रुवाली ‘द भ्वाइस अफ किड्स नेपाल सिजन ४’ को भोटिङ चरणमा प्रवेश
Image

९ वर्षीया दिलिजा रुवाली ‘द भ्वाइस अफ किड्स नेपाल सिजन ४’ को भोटिङ चरणमा प्रवेश

काठमाडौं – बाल प्रतिभाको उत्कृष्ट मञ्च ‘द भ्वाइस अफ किड्स नेपाल सिजन ४’ मा प्रतिस्पर्धा गरिरहेकी ९ वर्षीया दिलिजा रुवाली हाल भोटिङ राउण्डमा प्रवेश गरेकी छन्। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–०३ स्थायी निवासी दिलिजा हाल चितवनको टाडीमा बसोबास गर्दै आएकी छन् भने काठमाडौँस्थित बागमती बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्यनरत छन्।

सुमधुर आवाज र आत्मविश्वासपूर्ण प्रस्तुतिका कारण प्रारम्भिक चरणहरू सफलतापूर्वक पार गरेकी दिलिजा हाल कोच खेम को टिमबाट शीर्ष ६ मा पुग्न सफल भएकी छन्। अबको यात्रामा भने दर्शकको भोट नै निर्णायक हुने आयोजकले जनाएका छन्।

भोटिङ प्रक्रिया:

  • नेपालभित्र रहनु हुने दर्शकहरूले Khalti App खोल्नुपर्नेछ। त्यसपछि ‘Voting Session’ मा गई Coach Khem चयन गरेर प्रतियोगी नम्बर मा रहेकी दिलिजा रुवाली लाई रोजी भोट गर्न सकिन्छ।
  • विदेशमा रहनु हुने दर्शकहरूले भने Khalti को वेबसाइट www.khalti.com मा गई सोही प्रक्रिया अपनाएर भोट दिन सकिनेछ।

दिलिजाको परिवार, आफन्तजन तथा शुभेच्छुकहरूले देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई दिलिजालाई भरपुर भोट गर्न हार्दिक अनुरोध गरेका छन्।

“सानै उमेरमै अद्वितीय प्रतिभा देखाएकी दिलिजाले भविष्यमा नेपाली संगीत क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनेमा हामी आशावादी छौं,” दिलिजाको परिवारको भनाइ छ, “तर अहिलेको यो यात्रामा उहाँलाई जिताउन दर्शकको साथ र समर्थन अत्यन्तै आवश्यक छ।”

दर्शकको भोट नै निर्णायक हुने यो चरणमा सबै नेपालीले भोटिङमा सक्रिय सहभागिता जनाई युवा प्रतिभाको साथ दिनु आवश्यक रहेको सन्देश दिलिजाको पक्षबाट दिइएको छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *