• Home
  • ताजा समाचार
  • हरि खेतान क्याम्पसमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
Image

हरि खेतान क्याम्पसमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगंज, पर्सा – आज मिति २०८२ साल वैशाख १५ गते सोमबार बिहान ८:१५ बजे ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर, र आफन्त नेपाल वीरगंज पर्साको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–१० स्थित हरि खेतान बहुमुखी क्याम्पसमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ज्यूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो।

सो कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्था, सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी, नारायणी अस्पताल (OCMC) का प्रतिनिधिहरू, आफन्त नेपालका पदाधिकारी लगायत गरी करिब २२० जना सहभागी थिए। कार्यक्रममा मानव बेचबिखन तथा लैङ्गिक हिंसाको रोकथाम, नीति नियम, दण्ड सजाय तथा जरिवाना सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरियो।

कार्यक्रममा उपस्थित प्रमुख व्यक्तित्वहरूमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, शसस्त्र प्रहरी बल १३ नं गण हे कवा वीरगंजका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वडा प्रहरी कार्यालय वीरगंजका प्रहरी निरीक्षक निरोज चौलागाईं, प्रहरी चौकी आदर्श नगरका प्रहरी नायव निरीक्षक प्रदीप कुमार गोले, हरि खेतान बहुमुखी क्याम्पस प्रमुख किशोरी राय यादव, OCMC नारायणी अस्पतालका नर्सिङ अधिकृत हेमा थापा, आफन्त नेपाल वीरगंजका शाखा प्रमुख मनु राणा लगायत अन्य विशिष्ट अतिथिहरू सहभागी थिए।

कार्यक्रममा सञ्चारकर्मी सन्तोष रञ्जितकार र सुष्मिता यादव, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य त्रिलोक चन्द दारुका, वरिष्ठ हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमिरे लगायतले समेत सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउने र कानुनी ज्ञान विस्तार गर्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको आयोजकहरूले जानकारी दिएका छन्।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १२ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *