• Home
  • जिवनशैली
  • स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण
Image

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत वितरण अभियान सञ्चालन गरिएको छ।

स्मार्टेन, ह्युल्सा ग्रुप, असिस्टायर तथा अफिलिट्राको आयोजनामा बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री वितरण भइरहेको हो। अभियानअन्तर्गत करिब २ लाख रुपैयाँ बराबरका राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याउने लक्ष्यसहित सहयोग अघि बढाइएको आयोजकले जनाएको छ।

राहत सामग्रीमा खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा, सरसफाइ सामग्री लगायत प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री समावेश छन्।

बाढी तथा पहिरोका कारण घरबास, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको समस्या झेलिरहेका परिवारलाई प्रत्यक्ष सहयोग पुग्ने गरी राहत वितरण गरिएको बताइएको छ। प्रभावित क्षेत्रमा पुगेर स्थानीयको अवस्थाबारे जानकारी लिँदै आवश्यक सामग्री हस्तान्तरण गर्ने कार्यसमेत भइरहेको छ।

मानवीय सेवामा हातेमालो गर्दै विपद्मा परेका परिवारलाई सहयोग गर्नु अभियानको मुख्य उद्देश्य रहेको आयोजक संस्थाहरूले बताएका छन्। राहत वितरण अभियानको सम्पूर्ण गतिविधिबारे मिडिया पार्टनर You TV Nepal ले जानकारी गराएको छ।

सानो सहयोगले पनि विपद्मा परेका परिवारको जीवनमा ठूलो राहत पुग्न सक्छ भन्ने सन्देशसहित अभियानलाई निरन्तरता दिइएको छ।

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *