• Home
  • ताजा समाचार
  • सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन्
Image

सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन्

सिरहा, ५ चैत। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा निजी क्रसर उद्योगहरुमा बिक्री गरेको पाइएको हो।

सडक निर्माणमा आवश्यक सवबेशको लागि निकालिएको गिट्टी बालुवा बोकेको टिफर र ट्याक्टरहरु निमार्णकार्य चलिरहेको सडकमा नलगेर स्थानीय क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुमा बिक्री गरिरहेको स्थानीयहरु बताउँछन्। राष्ट्रिय गौरव योजनाको नाममा गागनबाट अनियन्त्रित उत्खनन गरी अवैध रुपमा स्थानीय क्रसरहरुमा बिक्री  गरे पनि स्थानिय जनप्रतिनिधि र प्रहरी प्रशासन मौन भएर बसेको स्थानीयहरुले आरोप लगाएका छन्।
राष्ट्रिय गौरव योजनाको नाममा तीनवटा स्काभेटर खोलामै उतारेर दिनदहाडै नदी दोहन गरिए पनि जिल्लाका सरोकारवाला निकाय मौन भएर बस्नुले सरोकारवाला निकायकै आर्थिक सेटिङमा अवैध उत्खनन भइरहेको पुष्टि हुन्छ।

गोलवजार नगरपालिकाले गत असोज १ गते देखि जेठ मसान्तसम्मका लागि जय शम्भु कन्सट्रक्सनलाई ७५ लाख ५१ हजार १ सय ११ रुपैयामा गागन नदी ठेक्कामा दिएको गोलबजार नगरपालिकाका राजस्व शाखा प्रमुख रामवृक्ष महतोले जनाएको छ ।

सडक निर्माणका लागि चाहिने नदीजन्य गिट्टी बालुवा आपूर्ति गर्ने उद्देश्यले नै गागन नदी ठेक्का लिएको सो कम्पनीका प्रतिनिधि दीपक कार्कीले बताए । कार्कीले बताएअनुसार ५० हजार घन मिटर अर्थात ५ देखि ६ हजार ट्रिपर गिट्टी बालुवा र बेसका लागि रोडा गागन नदीबाट झिक्नु पर्नेछ ।

गोलबजार नगरपालिकाले २ हजार ६ मिटर लम्बाई १ सय मिटर चौडाई र २ मिटर गहिराईसम्म स्काभेटर लगाएर खन्ने इजाजत दिएको छ । तोकिएको क्षेत्रफल उत्खनन् गर्दा करिव २ लाख घनमिटर नदीजन्य पदार्थ निस्कन्छ । लगडी गदियानी सडकमा ५० हजार घनमिटर मात्र आवश्यक पर्छ । जबकि खोलाको ठेक्का सम्झौता गर्दा स्काभेटर प्रयोग गर्ने शर्तनामामा उल्लेख छैन । सडकको नाम लगाएर जय सम्भु कन्सट्रक्सन कम्पनीले नदी दोहन गर्न लागेको छ ।

गागन नदीबाट बिहान सूर्योदयदेखि सूर्यास्तसम्म स्काभेटरले उत्खनन गरेर दैनिक २ सय ट्रिपर र ५ सय ट्याक्टर ग्राभेल निकाल्ने गरेको स्थानियहरु बताउँछन्।

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *