• Home
  • Uncategorized
  • सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ : नैनसिंह महर
Image

सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गाउँ–गाउँका गरिव जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको औंल्याए।

राज्यको दोहन गर्दै जनतालाई ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन कांग्रेसको भूमिका थप सशक्त हुनुपर्ने महर बताउँछन्। ‘सरकार सहकारी पीडित जनताको पक्षमा देखिएन। आफ्नै क्याविनेटका सहकारी ठग मन्त्री र अन्य सहकारी ठगीका दोषिलाई संरक्षण गर्ने नाइके जस्तो देखियो’, उनले भने, ‘यस्तो अवस्थामा पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्छ। ७७ वटै जिल्लामा संघर्षका कार्यक्रम अगाडि बढाउनु पर्छ।’

सहकारी ठगी जनतको जीवनसँग प्रत्येक्ष जोडिएको विषय भएको र ठगीएका जनता गाउँ–गाउँमा रहेकाले कांग्रेसको आन्दोलन पनि सडक हुँदै सदनसम्म केन्द्रित हुनुपर्ने महरको धारण छ ।

यस्तै नेता महरले सहकारी ठगीको अभियोग खेपिरहेका कुनै एक मन्त्रीका कारण संसदलाई अनिर्णयको बन्दी बनाउनु आपत्तिको विषय भएको बताएका छन्। सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सिंगो सरकार लाग्नु र संसदलाई अनिर्णयको बन्दी बनाउनु लज्जाको विषय भएको महरको भनाइ छ।

लोकतन्त्रमा लुटतन्त्र र ठगतन्त्र नचल्ने भएकाले लामिछानेलाई तत्काल राजीनामा दिएर मार्ग प्रसस्त महरको चेतावनी छ।

संसदमा लामिछानेलाई बोल्न नदिने विषय पनि उत्तम नभएको महरको धारणा छ। ‘कुनै लघुताभाष नभएका गैरजिम्मेवार गृहमन्त्रीका कुरा पनि सुनौं। जताततै ठग्न पल्किएका गृहमन्त्रीले सदनमा जति प्रस्टिकरण दिए पनि जनता पत्याउने अवस्थामा छैनन्। उनले जनतामाथि घात गर्दै पूर्ण विश्वास गुमाइसके,’ महरले भने।

यसका साथै सहकारी ठगीमा अभियोजनपत्र दर्ता भइसकेर किटान भएका गृहमन्त्री लामिछाने, जिवी राईलगायत देशभरका संकटग्रस्त सहकारीको छानविन गर्न सरकारले तत्काल छानविन समिति बनाएर अनुसन्धान अगाडि बढाउनुपर्ने महरले माग गरेका छन्। सहकारी ठगकै कारण मान्छे मर्ने अवस्था पुगिसकेको प्रसंग उल्लेख गर्दै नेता महरले भने, ‘सहकारी गठहरूकै कारण मुलुकको अर्थतन्त्र तहस नहसको अवस्थामा पुगेको छ। जनताको कराडौं रुपैयाँ डुबेको छ। जनता मर्न बाध्य छन्। यस्तो अवस्था सिर्जना गर्नेहरुको संरक्षणमा सरकार नै किन लागेको होला? भनेर अचम्म लागिरहेको छ।’

महरले सरकारमात्र नभएर सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छानविन समिति बनाउन बाधा खडा गरिरहेको आरोप लगाएका छन्। ‘सहकारी ठगीको निश्पक्ष छानविन भयो भने एमालेलगायत गठबन्धनमा संलग्न दलका धेरै नेताहरू अनुसन्धानको दायरामा आउन सक्ने भएकाले एमाले अध्यक्ष ओलीलगायत छानविन समिति बनाउन बाधा खडा गरिरहनु भएको छ,’ उनले भने।

संसदीय व्यवस्थाको पक्षपाती दल कांग्रेस भएकाले संसदीय कामकारबाहीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर बन्नु पर्ने महरको धारण छ। ‘सदनमा जुनसुकै मन्त्रीले पनि बोल्न पाउनुपर्छ। विश्व राजनीतिमा यो संसदीय व्यवस्थाको सुन्दर पक्ष पनि हो। संसदको ठूलो दल कांग्रेस भएकाले हाम्रो भावनालाई लत्याएर अगाडि बढ्ने सभामुखको चलखेल पनि कपटपूर्ण देखिन्छ। सभामुख तथष्ट हुनुपर्छ’, उनले भने। राजनीतिक बेइमानी गरेर सदनलाई अगाडि बढाउन खोजे त्यो कांग्रेसका लागि स्वीकार्य नहुने महरको चेतावनी छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *