• Home
  • ताजा समाचार
  • समाजसेवी, बहुप्रतिभाशाली तथा प्रेरणादायी व्यक्तित्व — डा. अजय यादव
Image

समाजसेवी, बहुप्रतिभाशाली तथा प्रेरणादायी व्यक्तित्व — डा. अजय यादव

वीरगंज, पर्सा — डा. अजय यादव नारायणी अस्पतालमा कन्सल्टेन्ट अर्थोपेडिक तथा स्पाइन् सर्जन को रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ निस्वार्थ सेवा भाव, समर्पणशीलता र नेतृत्व क्षमताका कारण समाजमा एक उत्कृष्ट प्रेरणा बनेका छन्।
एम.बी.बी.एस., एम.एस. (हाडजोर्नी तथा ट्रामा), जापानबाट एफ.सी.एस.एस. (स्पाइन सर्जरी) प्राप्त गरी नेपालमै आधुनिक प्रविधिको सेवा दिइरहेका डा. यादव बिरामीहरूप्रति अत्यन्तै समर्पित छन्।

बिरामीको पीडालाई आफ्नो पीडा सम्झेर उहाँले उपचारमा जुन खालको संवेदनशीलता र आत्मीयता देखाउनुहुन्छ, त्यसले उहाँलाई अरु डाक्टरभन्दा फरक बनाएको छ।

सामाजिक क्षेत्रमा पनि सक्रिय योगदान

स्वास्थ्य क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा समेत डा. यादवको उल्लेखनीय भूमिका छ। उहाँ लायन्स क्लब लगायत थुप्रै सामाजिक संस्था तथा संघसंस्थासँग आबद्ध रहँदै समाज सुधार र सहयोगका विविध अभियानहरूमा अग्रसर हुनुहुन्छ। विपद्, गरिबी तथा अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउने काममा उहाँको नेतृत्व देखिन्छ।

युवा चिकित्सकहरूका लागि प्रेरणा

डाक्टरहरूको पेशा एक पेशा मात्र नभई सेवाभावको बाटो हो भन्ने कुरालाई व्यवहारमै लागू गरेर डा. अजय यादवले युवाहरूका लागि एक आदर्शको रुपमा स्थापित हुनु भएको छ। चिकित्सकहरूले सामाजिक उत्तरदायित्व बुझ्नुपर्ने र नेतृत्व क्षमताको विकास गर्नुपर्ने आवश्यकतालाई उहाँले उदाहरणीय कार्यद्वारा देखाउनु भएको छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १९ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *