Trending

सप्तकोशीमा पानीको बहाव यस वर्षकै उच्च, ५६ वटै ढोका खोलियो

760Views
0 Shares

काठमाडौं २९ साउन । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ ।प्रहरीले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको र आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको जानकारी दिएको छ ।

यद्यपि पानीको वहाव केही घट्दो क्रममा रहेको छ ।सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान पनि चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ । चैतीस वर्षपछि यस वर्ष कोशीमा पानीको बहाव उच्च देखिएको हो । पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय