Image

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने भएको छ। Shah Studio and Company को आयोजनामा हुन लागेको यस विशेष फेसन इभेन्टले नेपाली मौलिक संस्कृति, परम्परा, आध्यात्मिकता र आधुनिक Couture फेसनलाई एउटै रनवेमा प्रस्तुत गर्ने जनाएको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै Shah Studio and Company का सञ्चालक मनु साह भानुले यसपटकको Bridal Couture Runway केवल फेसन शोमा सीमित नभई नेपाली संस्कृति र परम्परालाई आधुनिक फेसनसँग जोड्ने विशेष प्रयास भएको बताए।

यसपटकको कार्यक्रमको सुरुवात नै विशेष र सांस्कृतिक शैलीमा गरिनेछ। आरतीको पवित्र ज्योति, शंखनादको शुभ ध्वनि र ताण्डवको शक्तिशाली ऊर्जासँगै रनवेको भव्य शुभारम्भ गरिने आयोजकको भनाइ छ।

आयोजकका अनुसार कार्यक्रममा आरतीले पवित्रता, शंखनादले शुभारम्भ, ताण्डवले शक्ति र Couture ले भव्यता प्रस्तुत गर्नेछ।

‘Bridal Couture Runway 2026 – Edition 3’ ले नेपाली विवाह संस्कार, कला, संस्कृति र परम्परालाई आधुनिक डिजाइन तथा अन्तर्राष्ट्रिय स्तरको Couture प्रस्तुतिसँग जोड्ने लक्ष्य राखेको छ। नेपाली फेसन डिजाइन, Bridal Wear र सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

“पवित्र सुरुवात, शक्तिको उद्घोष र इतिहासको रनवे” भन्ने अवधारणासहित आयोजना हुन लागेको यो कार्यक्रम नेपाली फेसन क्षेत्रका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १४ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *