वेस्ट ह्याम युरोपा कन्फ्रेस लिग च्याम्पियन
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौ, २५ जेठ । वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ ।
इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इंग्लिस क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।
चेक रिपब्लिकमाको फोर्टुना एरिना प्राहामा बुधबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो ।
तर, दोस्रो हाफको ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाउन सुरु गरेका थिए । तर, ६७औं मिनेटमा फियोरेन्टिना जियाकोमो बोनोभेन्चुराले गोल फर्काए पछि खेललाई १–१ को बराबरीमा रहन आयो ।
त्यसपछि अतिरिक्त समयमा जरोड बोवेनले गोल गरे पछि वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बन्न पुग्यो ।
३ वर्ष अगाडि
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि