वीरगञ्जमा ४५ दिने निशुल्क सिलाईकटाई तालिम सुरु भएको छ । रकम अभावकै कारण सीप सिक्नबाट बञ्चित रहेका महिलाहरुलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले तालिम सञ्चालन गरेको हो ।
By Youtv Nepal NEPAL
३ वर्ष अगाडि
Comments: 0
महिला हक हितका लागि सकृय समाजसेवी अन्नपुर्णा मानन्धरले तालिमको उद्घाटन गरेकी हुन् । वीरगञ्ज महानगरपालिकाको सहयोगमा रिषिका टेलर सेन्टरले तालिम सञ्चालन गरेको हो ।
तालिमको उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था समन्वय शाखा प्रमुख राजीव गिरी, वडा न.१ का वडासदस्य राधिका देवी, बिपिन (पिन्टु) साह कानु, दिपेन्द्र राउत लगायतको सहभागिता रहेको थियो । सहभागीहरुलाई तालिमका लागि आवश्यक सामग्री पनि उपलब्ध गराइएको थियो । तालिममा ३८ जना महिलाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई प्रेरणा श्रेष्ठ, एतरिया कुमारी, राधा चौधरीले प्रशिक्षण दिनेछन् ।
रिषिका टेलर सेन्टरका संचालक प्रशिक्षक एतरिया कुनारी चौधरी गुप्ताको सभापतित्वमा भएको तालिमको सहजीकरण बंशीधर गुप्ताले गरेका थिए ।

जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि