• Home
  • Uncategorized
  • वीरगंजमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
Image

वीरगंजमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

पर्सा, भदौ १४ । वीरगंज महानगरपालिका वडा नं–१६ नयाँ बसपार्कस्थित फुलवारी टोलमा आज बिहान बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सामुदायिक प्रहरी साझेदारी अन्तर्गत वीरगंज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा भएको हो।

मुख्य अतिथि नगर प्रमुख राजेशमान सिंह र सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान को अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब २५० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न प्रजातिका ५० वटा बिरुवा रोपिएको आयोजकले जनाएका छन्।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, सुरक्षा निकायका पदाधिकारी, नगर प्रहरी निरीक्षक, विभिन्न सरकारी तथा गैर–सरकारी संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी लगायतको सहभागिता थियो।

आयोजक संस्थाका अनुसार यस प्रकारका वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण र हरियाली अभियानलाई अझै मजबुत बनाउने विश्वास लिएको छ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni ४ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *