• Home
  • जिवनशैली
  • विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण
Image

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर सहयोगमा जुट्नेहरू समाजका लागि उदाहरण बन्ने गरेका छन्। यस्तै सामाजिक सेवामा सक्रिय उद्योगी हुन्, फिटवेल गार्मेन्ट उद्योग प्रा.लि.का सञ्चालक मनोज भारती।

असहाय, विपन्न तथा विपत्तिमा परेका नागरिकलाई विगतदेखि नै सहयोग गर्दै आएका भारतीले यसपटक पनि बाढी तथा पहिरो प्रभावित परिवारका लागि लाखौँ रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएका छन्।

फिटवेल गार्मेन्ट उद्योग प्रा.लि. र खराउ सुज इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरेका ट्र्याकसुट, गेम ड्रेस, स्पोर्ट जुत्ता, टी–सर्ट, ट्राउजर, विन्डसिटरलगायतका लत्ताकपडा तथा जुत्ताहरू राहतस्वरूप हस्तान्तरण गरिएको हो।

उद्योगका सञ्चालक भारतीले काठमाडौंको सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालय पुगेर गृह मन्त्रीका स्वकीय सचिव जेन्स कार्कीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएको सामग्री बाढी तथा पहिरोबाट प्रभावित रसुवाका परिवारसम्म पुर्‍याउने उद्देश्य राखिएको छ।

देशमा विपत्ति आउँदा भारतीले यसअघि पनि व्यक्तिगत तथा व्यावसायिक स्रोतबाट सहयोग गर्दै आएका छन्। कोभिड–१९ महामारीदेखि विनाशकारी भूकम्पलगायतका संकटका समयमा समेत उनले पीडित तथा प्रभावित नागरिकलाई सहयोग गरेका थिए।

भारतीका लागि सामाजिक सहयोग केवल औपचारिकता नभई मानवीय दायित्वका रूपमा अघि बढिरहेको देखिन्छ। पछिल्लो समय प्राकृतिक विपत्तिका कारण सयौँ परिवार प्रभावित भइरहेका बेला उनले आफूले सञ्चालन गरेको उद्योगबाट उत्पादित सामग्री नै राहतका रूपमा उपलब्ध गराएका हुन्।

विपत्तिको समयमा खाद्यान्नसँगै कपडा, जुत्ता तथा अन्य आधारभूत सामग्रीको समेत आवश्यकता पर्ने भएकाले पीडित परिवारलाई लक्षित गरी लत्ताकपडा तथा जुत्ता उपलब्ध गराइएको भारतीले बताए।

उनको यो सहयोगले तत्काल राहतको आवश्यकता भएका परिवारलाई केही सहजता प्रदान गर्नुका साथै विपत्तिको समयमा निजी क्षेत्रले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्वको उदाहरणसमेत प्रस्तुत गरेको छ।

व्यवसायबाट आर्जन गरेको स्रोतलाई सामाजिक सेवामा समेत प्रयोग गर्दै आएका भारतीको यो कदमले अन्य उद्योगी तथा व्यवसायीलाई पनि विपत्तिमा परेका नागरिकको सहयोगमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

विपत्तिको समयमा पीडितको पक्षमा उभिनु नै मानवताको परिचय हो। भारतीको पछिल्लो सहयोगले संकटमा पनि समाजमा सहयोग र सहकार्यको भावना जीवित रहेको सन्देश दिएको छ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १६ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *