• Home
  • ताजा समाचार
  • ल्यान्स क्लबहरुको आयोजनामा रोजगारमूलक २ महिने लेखा तालिम उद्धघाटन
Image

ल्यान्स क्लबहरुको आयोजनामा रोजगारमूलक २ महिने लेखा तालिम उद्धघाटन

ल्यान्स क्लबहरुको आयोजनामा रोजगारमूलक २ महिने लेखा तालिम उद्धघाट ।


लयान्स कल्ब अफ बिरगंज,आदर्शनगर,गेटवे,वाकिंग टिम,परिवार,सेन्ट्र्ल,बारा गंजभवानीपुर र मारबाडी महिला मंचको आयोजनामा यू.डी.बाइ-सेफ कम्प्यूटर एजूकेशन पम पम बिल्डिंगमा २ महिने प्रोफेशनल बिजनेश एकाउन्टिङ्ग (लेखा ) तालिम उद्घाटन भएको हो ।मेलभेन जोन्सको १४५ओं बार्षिक उत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत आजको तालिम पश्चात रोजगारको शतप्रतिशत ग्यारेण्टी रहेको तालिम कार्यक्रमका सभापती लायन्स क्लव अफ बिरगंजका अध्यक्ष लायन पप्पू श्रीवास्तवमले बताए ।तालिम कार्यक्रमका प्रमुख अतिथी समाजसेवी अन्नपूर्णा मानन्धरज्युले सह्भागीहरुलाई तालिम संगै रोजगारीको ग्यारेण्टी गरेकोमा ल्यानस् कल्वका सम्पूर्ण टिमलाइ धन्यबाद दिनु भयो र सह्भागीहरुलाई तालिममा सक्रिय भएर सीप सिक्न सुझाव मन्तब्य राख्नु गर्नुभएको थियो। प्रशिक्षक बंशीधर गुप्ताले बिगत १२ बर्ष देखी कल्व संग समन्वय गरेर रोजगारमूलक एकाउन्टिंग तालिममा सफ्टबेयर,मेंयुअल,कर तथा लेखा सम्बन्धि पूर्ण प्रशिक्षण प्रदान गरिने बताउनुभयो।कार्यक्रममा लायन उमेश शर्मा,सन्दिप अग्रवाल,रामबिहारी पाण्डे,मिनाक्षी गुप्ता,रेणु अग्रवाल,बिनित जैसवाल,सुनिल गुप्ता,प्रशिक्षक बंशीधर गुप्ता,अभिजित चौधरी अडीट प्रशिक्षक दिपेन्द्र रौनियार लगायत २५ जना प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १८ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *