Trending

लैंगिक हिंसाविरुद्धको अभियान चलाउन गाउँपालिका अध्यक्षले गरे नगद सहयोग

1.0kViews
0 Shares

काठमाडौं, १४ मंसिर

दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतना जगाउन भन्दै दुई सहकारी संस्थाहरुलाई व्यक्तिगत रुपमा १५–१५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आफूले पाउने मंसिर महिनाको सेवा सुविधाबाट राप्ती–३, मसुरियास्थित भृकुटी महिला विकास सहकारी संस्था र राप्ती–८ पिपरीस्थित लक्ष्मी महिला विकास सहकारी संस्थालाई अध्यक्ष विष्टले १५–१५ हजारको दरले ३० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

‘सभ्य समाजको पहिचान : लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाको सभाहलमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रममा अध्यक्ष विष्टले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले लैंगिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको भन्दै त्यसका लागि महिला संघ संस्थाको अहम् भूमिका रहनु पर्ने बताए । पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन पनि रहेकाले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले समाजमा सचेतना फैलाउन आग्रह गर्दै शिक्षाको माध्यम र सचेतनाबाट यसलाई नियन्त्रण गर्न सकिने बताइन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विक, मोटिभेसनल स्पिकर राजन अधिकारी, भृकुटी महिला विकास सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने, प्रमेश्वरी ज्ञवाली लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय