लायन्स डिष्ट्रिक ३२५ पि, नेपालको डिष्ट्रिक क्याबिनेट स्कूलिङ कार्यक्रम टाइगर प्यालेसमा हुँदै
By YOUTV Nepal
१ हप्ता अगाडि
Comments: 0
लायन्स डिष्ट्रिक ३२५ पि, नेपालको डिष्ट्रिक क्याबिनेट स्कूलिङ कार्यक्रम २०८२ जेठ ९ देखि ११ गतेसम्म कोटिहवा स्थित सुन्दर तथा शान्त वातावरणमा रहेको टाइगर प्यालेसमा आयोजना हुँदैछ।
यो विशेष कार्यक्रम केवल प्रशिक्षण मात्र होइन, नेतृत्व, ज्ञान र आत्म-विकासको यात्रालाई विशेष र प्रभावकारी बनाउने अवसर हो। सहभागीहरूले आधुनिक सुविधासहितका कोठाहरू, हरियालीले भरिएको वातावरण, स्वादिष्ट खानपान र शान्तिपूर्ण माहोलको अनुभव गर्नेछन्।
“सामान्यबाट पर जाऔं — आराम र आकर्षणको संगतमा,” कार्यक्रमले सहभागीहरूलाई सुविधासम्पन्न वातावरणमा सेवा भावनालाई अझ मजबुत बनाउन प्रेरणा दिनेछ।
प्रशिक्षण, आपसी सम्बन्ध विस्तार र आत्म–चिन्तनका लागि उत्कृष्ट स्थलको रुपमा टाइगर प्यालेसले यो कार्यक्रमलाई स्मरणीय बनाउनेछ।
बताउनुभयो गभर्नर लायन बलराम भट्टराइ॥
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान २ महिना अगाडि