Trending

ललितपुरमा समानुपातिकतर्फ कांग्रेस तेस्रो, दोस्रोमा स्वतन्त्र पार्टी

1.1kViews
0 Shares

काठमाडौं, १२ मंसिर

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ललितपुरमा कांग्रेस तेस्रो पार्टी बनेको छ । पहिलोमा एमाले र दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत प्राप्त गरेकाे छ ।

एमालेले समानुपातिकमा ३८ हजार आठ सय ९० मत प्राप्त गरेको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले सार्वजनिक गरेको छ । रास्वपाले ३५ हजार ३ सय ८३ मत प्राप्त गरी ललितपुरमा दोस्रो पार्टी बनेको छ ।

यस्तै, का‌ंग्रेसले ३३ हजार आठ सय ५१ मत प्राप्त गरी तेस्रो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार सात सय ३१ मत, माओवादीले १४ हजार ८३ मत, हाम्रो नेपाली पार्टीले पाँच हजार सात सय ६१ मत पाएको छ ।

नेपाल मजदुर किसान पार्टीले तीन हजार आठ सय ३२ मत, एकीकृत समाजवादीले तीन हजार एक सय ६० मत पाएको छ । समानुपातिकतर्फ जनता समाजवादी पार्टी, नेपालले आठ सय ८९ मत, राष्ट्रिय जनमोर्चाले चार सय ७६ मत, नेपालका लागि नेपाली पार्टीले चार सय ४६ मत र विवेकशील साझा पार्टीले तीन सय ९५ मत प्राप्त गरेको छ ।

ललितपुरमा समानुपातिकतर्फ ४७ राजनीतिक दलले भाग लिएका थिए । एकल चिन्ह बच्चा काखमा लिएकी आमा चिन्हमा तीन सय १९, जनमत पार्टीलाई तीन सय एक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई दुई सय ८२ मत, एकीकृत शक्ति नेपाललाई दुई सय ७४ मत, मंगोल नेशनल अर्गनाइजेशन पार्टीलाई दुई सय ७२ मत परेको छ ।

यसैगरी, जनजागरण पार्टी नेपाललाई २ सय ५६ मत, नेकपा मार्क्सवादी लेनिनवादीलाई दुई सय ५२ मत, आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई दुई सय २२ मत, राष्ट्रिय जनमुक्ति पार्टीलाई दुई सय १७ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई एक सय ८९ मत परेको छ । समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टीले एक सय ८७ मत, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले एक सय ८७ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक सय २९ मत, नेश्नलिष्ट पिपुल्स पार्टीले एक सय २२ मत, एकल चिन्ह गितारले एक सय १७ मत, नेपाली जनता दलले ९७ मत, कांग्रेस (बी.पी.) ले ८० मत प्राप्त गरेको छ ।

समानुपातिकमा ८० भन्दा कम मत ल्याउनेमा जनता प्रगतिशिल पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, मौलिक जरोकिलो पार्टी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल जनता पार्टी, नेपाल समावेशी पार्टी,राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय नागरिक पार्टी, मितेरी पार्टी नेपाल, बहुजन शक्ति पार्टी र बहुजन एकता पार्टी नेपाल रहेका छन् ।

ललितपुर ३ मा समानुपातिकतर्फ ६२ हजार पाँच मत खसेकोमा एक हजार आठ सय ५७ मत बदर तथा ६० हजार एक सय ४८ मत सदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । ललितपुर २ मा ५३ हजार एक सय ७७ मत खसेकोमा एक हजार आठ सय ७१ मत बदर र ५१ हजार तीन सय ६ मत सदर भएको निर्वाचन अधिकृत दीपशीखा मुनाकमीले जानकारी दिइन् । समानुपातिकमा ललितपुर १ मा ५१ हजार एक सय ६ मत खसेकोमा एक हजार पाँच सय ७४ मत बदर र ४९ हजार पाँच सय ३२ मत सदर भएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय