• Home
  • अन्तराष्ट्रिय खबर
  • ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य
Image

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’ ले आफ्नो पहिचानलाई थप फराकिलो बनाउँदै लगेको छ।

ललितपुरको कुपण्डोलमा आकर्षक शोरुम सञ्चालन गर्दै आएको बुटिकले स्वदेशमै रोजगारी सिर्जना गर्दै एक दर्जनभन्दा बढी दक्ष कारीगर तथा कर्मचारीलाई रोजगारी दिएको छ। विदेशमा समेत आफ्नो सीप र कामका कारण चर्चा कमाएकी नेहा पौडेलले नेपालमै बसेर नेपाली फेसन र ब्राइडल डिजाइनलाई नयाँ उचाइ दिने प्रयास गरिरहेकी छन्।

नेहा पौडेलका अनुसार दुलही सजाउनु केवल फेसन होइन, नेपाली संस्कृति र परम्परासँग जोडिएको विषय पनि हो। त्यसैले ग्राहकको चाहना, व्यक्तित्व र नेपाली मौलिकतालाई ध्यानमा राखेर डिजाइन तयार गरिन्छ।

पछिल्लो समय बुटिकले नयाँ कलेक्सनहरू सार्वजनिक गर्दै ब्राइडल वेयर, पार्टी वेयर तथा विभिन्न अवसरका लागि आकर्षक डिजाइनहरू प्रस्तुत गरिरहेको छ। विशेषगरी दुलहीका लागि परम्परागत सौन्दर्यलाई आधुनिक डिजाइनसँग जोडेर तयार गरिएका पोशाकले ग्राहकको ध्यान खिचिरहेका छन्।

‘नेहा पौडेल ग्लाम बुटिक’ले विदेश जाने नेपाली डिजाइनर तथा फेसन क्षेत्रमा काम गर्ने जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरणसमेत प्रस्तुत गरेको छ। आफ्नै शोरुम, दक्ष जनशक्ति र नयाँ डिजाइनमार्फत बुटिकले नेपाली फेसन बजारमा छुट्टै पहिचान बनाउने लक्ष्य लिएको छ।

“दुलहीलाई सजाउनु हाम्रो संस्कृति पनि हो, त्यसैले हरेक दुलहीलाई उनको विशेष दिनमा अझ विशेष देखाउने प्रयास गर्छौं,” नेहा पौडेल बताउँछिन्।

कुपण्डोलमा रहेको आकर्षक शोरुममा नयाँ–नयाँ कलेक्सन प्रदर्शन गर्दै आएको बुटिकले आगामी दिनमा नेपाली ब्राइडल फेसनलाई अझ व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउने तयारी गरिरहेको छ।

Related Posts

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १८ घण्टा अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *