Trending

रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगे

3.4kViews
9 Shares

 

बुटवल,  मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगेका छन । छमछमी कला केन्द्रको आयोजनामा जारी रुपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २० जना फाईनलमा प्रवेश गरेका हुन । फाईनल चरणको प्रतियोगिता लुम्बिनी वाणिज्य क्याम्पसको सभाहलमा पुष ६ गते हुने छमछमीका संचालक तथा नृत्य निर्देशक किशोर थापाले बताए ।

बुटवलको गार्गी एकेडेमीमा भएको सेमीफाईनल चरणमा उत्कृष्ट प्रस्तुतिसहित दिलमाया परियार, हेमा सुनार, कृतना ज्ञवाली, सगुन गैरे, प्राश्ना कुवर, सेली थापा, अन्सु केसी, आयिशा भुषाल, प्राचु पुन, मनसुन सुवेदी, समृद्धि सेन, साहिस्ता शाही, अजिता सोमै, रिदम सारु, कृष्टिना घिमिरे, सगुन थापा, प्रविधि न्यौपाने, सुलभ मिजार, प्रिन्सु सुनार र साहिसा क्षेत्री फाईनलमा प्रवेश गरेका छन । प्रतियोगितामा पाच देखी १३ वर्ष बिचमा निक्कै उत्कृष्ट सहभागीहरु रहेको जज अनु रजकले बताए ।

पहिलो चरणको अडिसन राउण्डमा १०२ जना सहभागीमध्येबाट छनौट भएर दोस्रो चरणको ओपन राउन्डमा ६० जना र सेमिफाइनलमा ४० जना छनौट भएका छमछमीका संचालक तथा नृत्य निर्देशक किशोर थापाले बताए । अडिसनमा सहभागीहरुले २ मिनेटको प्रस्तुति प्रस्तुत गरेका थिए । प्रतियोगितामा नेपाली र अग्रेजी गितमा मात्र प्रतियोगी आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए । यसपटक प्रतियोगितामा पाच वर्षभन्दा माथिको उमेर हकबन्दी हटाईएको र सिगल डान्समात्र राखिएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले ३० हजार, तृतियले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिईन । सेमीफाईनल चरणमा अनु रजक र अनु गुरुङ जज रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय