• Home
  • गण्डकी प्रदेश
  • रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगे
Image

रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगे

बुटवल,  मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगेका छन । छमछमी कला केन्द्रको आयोजनामा जारी रुपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २० जना फाईनलमा प्रवेश गरेका हुन । फाईनल चरणको प्रतियोगिता लुम्बिनी वाणिज्य क्याम्पसको सभाहलमा पुष ६ गते हुने छमछमीका संचालक तथा नृत्य निर्देशक किशोर थापाले बताए ।

बुटवलको गार्गी एकेडेमीमा भएको सेमीफाईनल चरणमा उत्कृष्ट प्रस्तुतिसहित दिलमाया परियार, हेमा सुनार, कृतना ज्ञवाली, सगुन गैरे, प्राश्ना कुवर, सेली थापा, अन्सु केसी, आयिशा भुषाल, प्राचु पुन, मनसुन सुवेदी, समृद्धि सेन, साहिस्ता शाही, अजिता सोमै, रिदम सारु, कृष्टिना घिमिरे, सगुन थापा, प्रविधि न्यौपाने, सुलभ मिजार, प्रिन्सु सुनार र साहिसा क्षेत्री फाईनलमा प्रवेश गरेका छन । प्रतियोगितामा पाच देखी १३ वर्ष बिचमा निक्कै उत्कृष्ट सहभागीहरु रहेको जज अनु रजकले बताए ।

पहिलो चरणको अडिसन राउण्डमा १०२ जना सहभागीमध्येबाट छनौट भएर दोस्रो चरणको ओपन राउन्डमा ६० जना र सेमिफाइनलमा ४० जना छनौट भएका छमछमीका संचालक तथा नृत्य निर्देशक किशोर थापाले बताए । अडिसनमा सहभागीहरुले २ मिनेटको प्रस्तुति प्रस्तुत गरेका थिए । प्रतियोगितामा नेपाली र अग्रेजी गितमा मात्र प्रतियोगी आफनो नृत्य प्रस्तुत गर्न पाउने उनले बताए । यसपटक प्रतियोगितामा पाच वर्षभन्दा माथिको उमेर हकबन्दी हटाईएको र सिगल डान्समात्र राखिएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफी र गिफट हेम्परबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले ३० हजार, तृतियले २० हजार तथा सान्त्वनाले १० हजार रुपैयाँ पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको पहिलो संस्करणमा लक्ष्मी पुन, दोस्रो संस्करणमा अंकिता थापा र तेस्रो संस्करणमा लिजा थापा विजेता भएकी थिईन । सेमीफाईनल चरणमा अनु रजक र अनु गुरुङ जज रहेका थिए ।

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ दिन अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ५ दिन अगाडि

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *